मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटको इशनाथ नगर कार्यालयमा शंकास्पद बस्तु (बम) भेटियो : सेनाको टोली जाँदै



रौतहट-
जनकपुरको एक घरमा राखिएको बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको केही दिनअघिको घटना सेलाउन नपाउदै रौतहटमा शंकास्पद बस्तु (बम्) फेला परेको छ ।

रौतहटको इशनाथ नगरपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेको हो।

बुधबार बिहान नगरपालिका कार्यालय प्रांगण खेल्न गएका बच्चाहरूले शंकास्पद बस्तु देखे पछी हल्लाखल्ला शुरु भएको थियो त्यस्पछी स्थानीयले प्रहरीलाई खबर गरेको रौतहट प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ भने सेनाको बम डिस्पोजल टोली पनि जाँदै छ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ५ : ०५ बजे