मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलिउड अभिनेत्री दीपिकालाई स्क्रिप्ट चोरीको आरोप



मुम्बई, पुस ९ –

बलिउड अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ फिल्मलाई चोरीको आरोप लागेको छ। फिल्म रिलिज हुनु दुई साताअघि ‘छपाक’ लाई स्क्रिप्ट चोरीको आरोप लागेको हो।

भारतीय लेखक राकेश भारतीले आफ्नो स्क्रिप्ट चोरी गरेको फिल्म तयार भएको आरोप लगाउँदै मुम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। उनले फिल्ममा ‘लेखकको रुपमा क्रेडिट दिइयोस्’ भनेर अपिल गरेका छन्।

‘मैले एसिड आक्रमणमा परेकी एक युवतीको वास्तविक कथामा आधारित स्क्रिप्ट लेखेको थिएँ। मैले लेखेको स्क्रिप्टमाथि फिल्म निर्माण भएकाले लेखकको रुपमा मलाई क्रेडिट दिनुपर्छ,’ उनले भने,‘ सन् २०१५ मा मैले भारतीय मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिऐसनमा दर्ता गराएर ब्ल्याक डे नामक फिल्म बनाउने तयारीमा थिएँ।’ आपूले लेखिरहेको स्क्रिप्टअनुसार ‘छपाक’ निर्माण भएपछि उनले आपत्ति जनाएका थिए।

वकिल अशोक सरोगीका अनुसार ‘छपाक’ को निर्मातालाई यसबारे जानकारी गराउँदा कुनै प्रतिक्रिया नआएपछि अदालतमा मुद्दा दर्ता गरिएको थियो। यस मुद्दामा आगामी शुक्रबार सुनुवाइ हुँदैछ।

एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथामा आधारित मेघना गुलजारद्वारा निर्देशित ‘छपाक’ फिल्म आगामी जनवरी १० मा रिलिज हुँदैछ।एजेन्सी

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ५ : २४ बजे