मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्ला पछी काठमाडौंमा अत्याधिक चिसो



काठमाडौं-

काठमाडौं उपत्यका यस वर्षकै चिसो महशुस गरिएको छ ।

मौसम विज्ञान विभागका अनुसार आज विहान काठमाडौंको न्यूनतम तापक्रम २ .९ डिग्री सेन्टिग्रेडमा मापन गरिएको हो ।

मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । यसअघि पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३।२ मापन भएको थियो ।

बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २ ।९ डिग्री मापन गरिएको थियो सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६ ।५ मापन गरिएको थियो ।

मौसम विभागका अनुसार काठमाडौंको न्यूनतम तापक्रम अझै घट्ने छ ।

विभागका अनुसार पश्चिम तराईःमा बाक्लो हुस्सु रकुहिरो लागेको छ र दिउँसो सम्म हट्ने अनुमान गरिएको छ भने मध्य तराई र पूर्व तराइको अवस्था पनि उस्तै छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ६ : १७ बजे