मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिसमस लगायतका बहुमुल्य सांस्कृतिक सम्पदाको संरक्षण गरौ : राष्ट्रपति भण्डारी



९ पुस, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले एक सन्देश जारी गर्दै ‘क्रिसमस डे’को शुभकामना दिएकी छिन । उनले सन्देशमा क्रिसमस लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् ।

उनले क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्ने कामना पनि गरेकी छन् ।उनले सन्देशमा क्रिसमस लगायतका पर्व हाम्रा बहुमूल्य सम्पदा भएको र यिनको संरक्षण गर्नुपर्ने पनि बताएकी छन ।

 

 

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : ४६ बजे