मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर चिसो बढ्यो : काठमाडौंको तापक्रम माइनसमा



काठमाडौं, १२ पौष –

देशभर तापक्रम घटेको छ । काठमाडौं उपत्यकालगायत हिमाल, पहाड र तराईका सबैजसो स्थानमा तापक्रम घटेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबैजसो भागमा तापक्रम घटेको छ ।

भिजिविलिटी पनि कम भएको छ । काठमाडौं उपत्यकामा आजको न्यूनतम तापक्रम ० ।६ डिग्री पुगेको छ । तापक्रम माइनशतर्फ झरेको छ ।

धनगढीमा ३ ।६, नेपालगञ्ज र भैरहवामा ५, सिमरामा ७, जनकपुर र विराटनगरमा ८ डिग्री न्यूनतम तापक्रम पुगेको छ । पारदर्शिता पनि कमजोर भएको छ । पूर्वी देखि पश्चिम तराईसम्म बाक्लो हुस्सु लागेको छ । जसका कारण पारदर्शिता कमजोर भएको छ । पूर्व र पश्चिमका भागहरुमा पारदर्शिता कमजोर छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ५ : ५६ बजे