मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी बुधबारबाट हिमपात र पानी पर्ने सम्भावना : चिसोको असरबाट जोगिन मौसम बिभागको सुझाब



काठमाडौँ –

आज सोमबारको मौसम सफा रहने भए पनि भोलि मंगलबारबाट भोलि मंगलबार दिउँसो र राति देशैभरी मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी र पूर्वी पहाडी भूभागमा हल्का बर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुने सम्भावना औंल्याइएको छ ।

बुधबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुने जनाइएको छ ।

तराईका भूभाग र पहाडी उपत्यकाहरूमा हुस्सु र कुहिरो विकसित भएको हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न आगामी २४ घण्टा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ६ : १४ बजे