मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारप्रती आशङ्का उब्जियो : कांग्रेस महामन्त्री डा. कोइराला



न्यू सञ्चार,काठ्माण्डौ-

नेपाली कांग्रेसका महामन्त्री डा . शशांक कोइरालाले देशलाई कम्युनिष्टहरुबाट बचाउन सबै लोकतन्त्र पक्षधरहरु एक्जुट हुनुपर्ने बताएका छन ।

त्रीचन्द्र क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख प्रजातान्त्रीक योद्दा अशोक कोइरालाको तेस्रो स्मृती सभामा बोल्दै महामन्त्री कोइरालाले अहिलेको सरकार र सत्तारुढ पार्टी लोकतन्त्र र बर्तमान ब्यबस्थाप्रती इमान्दार नदेखिएकोमा जोड दिदै यस्तो बताएका हुन ।

कार्यक्रममा महामन्त्री कोइरालाले सरकार एक पछी अर्को गर्दै लोकतन्त्र बिरुद्द अघी बढेको सरकारका गतिबिधीहरुले प्रस्ट पारेको बताए ।प्रतिपक्षी पार्टी , नागरिक समाज र बौद्दिक समुदायको असहमतिका बाबजुत सरकार लोकतन्त्रलाई खुम्च्याउने अनेक बिधेयकहरु ल्याउन लागी परेकोले सरकारकाप्रती आशङ्का उब्जिएको महामन्त्री कोइरालाको दाबी थियो ।

सरकार गठन भए देखीनै बर्तमान सरकारले सुरक्षा निकाय, विभिन्न संबैधानिक आयोग लगायतका सबै निकायहरुमाथी नियन्त्रणको प्रयास थालेको स्मरण गर्दै कोइरालाले सरकार र सत्तारुढ पार्टीसग सचेत रहदै लोकतन्त्र , खुला समाज र स्वतन्त्र पक्षधरहरु सबै एक्जुट हुपर्ने आवश्यकता बढ्दै गएको बताए ।

देशमा लोकतन्त्रका लागी लडेका संस्थाहरु कमजोर बन्दै गएकोमा चिन्ता प्रकट गर्दै कोइरालाले लोकतान्त्रीक संस्थाहरुलाई बलियो बनाउन र लोकतन्त्र बिरोधीहरुसग सबै एकजुट भएर लड्नुपर्नेमा जोड दिए ।

तेस्तै महामन्त्री कोइरालाले लगभग स्थापना काल देखीनै कांग्रेसको स्वतन्त्रता अभियानमा सारीक हुँदै पछी कांग्रेस निकट प्राध्यापक संघमा आबद्द स्वर्गिय अशोक कोइरालाले पुर्याएको योगदान उल्लेख्निय रहेको बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य एबम पूर्व मन्त्री दिपक राज गिरिले सरकार जनआवाजको उपेक्षा गर्दै भ्रश्टाचारमा लिप्त रहेको आरोप लगाए । नेता गिरिले सरकार असफल भइ सकेको र सरकारसग अब जनताको आशा समाप्त भइसकेको दाबी गरे ।

 

 

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १ : १३ बजे