मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनसेलले बुझायो कर



काठमाडौं । दूरसञ्चार सेवाप्रदायक निजी कम्पनी एनसेलले पूँजीगत लाभकर तिरेको छ । एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको हो ।

२२ मंसिरमा ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन पत्राचार गरेको थियो । तर एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गर्दै ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको स्रोतले बताएको छ ।

किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १० : १४ बजे