काठमाडौं । ७७ प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरिएको छ। मंगलवार प्रहरी महानिरीक्षकको बसेको बैठकले ७७ डिएसपीको सरुवा गर्ने निर्णय गरेको हो।
सरुवा भएका डिएसपीले पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट खान पाउने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।








