काठ्माण्डौ-
यातायात व्यवस्था विभागले जारी गर्ने स्मार्ट लाइसेन्स स्मार्ट लाइसेन्स पनि नक्कली बनाउने गिरोह सक्रिय रहेको पाइएको छ।प्रहरी ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेसँगै नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह सक्रिय रहेको खुलेको हो ।
प्रहरीले नक्कली स्मार्टधारी एक सवारी चालकलाई सातदोबाटोबाट पक्राउ गरेपछि स्मार्ट लाइसेन्स बनाउने गिरोह सक्रिय रहेको खुलेको हो। अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका अनुसार नक्कली लाइसेन्स तयार पार्ने न्यूरोडको फोटो स्टुडियोमा प्रहरीले छापा मारेको छ।
छापा मार्दा पुरानो फोटो स्टुडियो कन्सर्नका सञ्चालकसहित पाँच जना पक्राउ परेका छन्। ‘एक जना स्मार्ट लाइसेन्सधारी व्यक्ति, फोटो स्टुडियोका सञ्चालक र उनका चार जना कर्मचारी पक्राउ गरिएको छ,’ महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । विस्तृत अनुसन्धानका क्रममा न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको उनले ब ताए ।








