काठ्माण्डौ-
प्रदेश नम्बर ३ को प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ।
सरूवा भए पनि चितवन नछाडेका एसपी मल्ललाई बुधबार प्रदेश प्रहरी कार्यालयले कार्यालयको सम्पूर्ण चार्ज बुझाएर सरूवा भएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो।
१२ घण्टाभित्र रमना लिएर एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हाजिर हुन प्रहरी उपरीक्षक अरूण पौडेलले पत्राचार गरेर निर्देशन दिएका हुन्।
गत पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भए पनि मल्लले चितवन छाडेका थिएनन्। उच्च राजनीतिक शक्तिकेन्द्रको दबाब आएपछि मल्लको सरूवा कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको थियो।
मल्ल सरूवा भएको ठाउँमा हाजिर भएको जानकारी प्रहरी महानिरीक्षकको कार्यालयमा पनि बोधार्थ पठाउन आग्रह गरेको छ।