मौसम पूर्वानुमानले भन्यो : ‘सतर्क रहनुहोस्’



काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभरको मौसम बदली भएको छ । पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

राति सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम बदलीसँगै वर्षा-हिमपातको हुनेभएकाले चिसोमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान

पौष १८ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पौष १९ गते (शनिबार)

दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पौष २० गते (आइतबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य सामान्य बदली रहि उच्च पहाडी तथा हिमालि भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार  ३ : ०९ बजे