काठ्माण्डौ,
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि तेहरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि फेरि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा चेतावनी दिएका छन्।
इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको बग्दादमा शुक्रवार भएको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएपछि ट्रम्पको त्यस्तो भनाइ आएको हो।
इरानले सुलेमानीको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ।
शनिवार बग्दादमा सुलेमानीको शवयात्रामा हजारौँ मानिस सहभागी भएका थिए। त्यसको केही बेरपछि शवयात्रा गरिएको क्षेत्रमा केही विस्फोटहरू भएका थिए।
बग्दादस्थित ग्रीन जोनमा अमेरिकी दूतावासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो। अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो। तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षास्रोतहरूले बताएका छन्।
अमेरिका र ईरान बीच बढेको तनाबको कारण मध्य पूर्वमा खतरा बढेको र लढाइ हुन सक्ने आशङ्का गरिएको छ ।










