यस्तो रहने छ आजको मौसम



काठमाडौं । आइतबार दिनभर देशका पहाडी भूभागहरुमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नेपालमा कुनै पनि मौसमी प्रणाली नरहेकाले अहिले देशको मध्य र पश्चिमी तराईमा हुस्सु लागेको छ भने पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार तराईका भूभागहरुमा हुस्सुको सम्भावना रहेपनि आइतबार राति भने देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : पुस २७, २०७६ आईतबार  २ : ४१ बजे