धादिङमा दुर्घटना : ६ जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते



काठमाडौं-

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख १२८० नम्बरको ट्रक पल्टिदा ६ जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य१५ जना घाइते भएका छन्।

उक्त ट्रकले ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको थियो।

घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनीहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार  ११ : ५६ बजे