काठमाडौं, ८ माघ ।
पछिल्लो समय देशै भरी मौसममा लगातार बदलाब आइ रहेको छ भने देशका बिभिन्न भागमा हिम पात र चिसोले जनजिबन प्रभाबित भइरहेको छ
यसैबिच आज पहाडी र हिमाली भू-भागमा मोसम सफा रहनेछ । तराईमा भने हुस्सु रहनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ। राति पनि मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ।
विगत केही दिनयता हिमपातका कारण हिमाली र उच्च पहाडी भागको जनजीवन प्रभावित भएकोमा अब सामान्य अवस्थामा पुग्दैछ।








