अस्ट्रेलियामा आगो निभाउने क्रममा अमेरिकी विमान दुर्घटना



सिड्नी । अस्ट्रेलियामा आगो निभाउने क्रममा अमेरिकी विमान दुर्घटनामा परेको छ ।

उक्त दुर्घटनामा परी  केही अमेरिकी नागरिकको मृत्यु भएको बिबिसीले समाचारमा जनाएको छ । आगलागी भएको क्षेत्रमा खटिएको हर्कुलस सी १३० वाटर बम्बिङ एयरक्राफ्ट दुर्घटनामा परेको हो । १५,००० लिटर पानी बोक्न सक्ने  उक्त जहाज कम्पनिका उत्पादनहरु अमेरिकि तथा बेलायती सेनाले समेत प्रयोग गरिरहेको जनाइएको छ ।

ठूलो एयर ट्यांकर र क्रुहरू दक्षिणी न्यु साउथ वेल्समा बिहीबार स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा हराएको र दुर्घटनामा परेको अमेरिकि अधिकारीहरूले पुष्टि गरेका छन् ।

दुर्घटनाको कारण खुलेको छैन । न्यु साउथ वेल्सका प्रधानमन्त्री ग्याडिज बेरेजिक्लियनले सो विमान हिउँ परेको पर्वत क्षेत्रमा क्यानबेराबाट दुई घण्टाको दूरीमा दुर्घटनामा परेको जनाएका छन् ।

तीन क्रु मेम्बरको पहिचान नखुलेको र तर उनीहरू अमेरिकी नागरिक भएको जनाइएको छ ।

पछिल्लो समय अस्ट्रेलियामा भएको आगलागिका कारण ठुलो क्षति र बाताबाराण बिनाश भइ रहदा बिश्वभरीनै चिन्ता प्रकट हुँदै आएको छ ।उक्त आगलागी नियन्त्रणका लागी थुप्रै प्रयासहरु भइ रहेका छन ।

प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार  ७ : २२ बजे