काठमाडौं । गायिका आस्था राउत तत्काल नेपाल नफर्कने भएकी छन् । राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरिएका बेला उनी तत्काल स्वदेश नफर्कने भएकी हुन् ।
माघ १ बुधबार भद्रपुरको उडान हुँदै पूर्वी नेपालबाट सिक्किम जान लागेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठसँग भनाभन र त्यसपछि उनले सामाजिक सञ्जालमा आक्रोशित हुँदै भिडियो सार्वजनिक गरेपछि विवादमा परेकी हुन् ।
सोही भिडियोलाई लिएर प्रहरी जवान रमिताले प्रहरीमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।










