डडेल्धुरामा एक सरकारी कार्यालयमा बम विष्फोट गरिएको छ। अज्ञत समूहले सुदूरपश्चिम प्रदेशअन्र्तगतको पूर्वाधार विकास कार्यालय डडेल्धुरामा आइतबार मध्यरातमा बम विष्फोट गराइएको हो। बम विष्फोटले कार्यालय प्रवेश गर्ने मूख्य ढोकामा सामान्य क्षति भएको छ।
झ्यालका सिसाहरू काम नलाग्ने गरी फुटेका छन्। जिल्ला प्रहरी कार्यालय भने कार्यालयको झ्यालमा समान्य क्षतिमा भएको तर बमको कारण होकी होइन भनेर अहिले यकिन गर्न नसकिने जनाएको छ। घटनाबारे अनुन्धान भएपछि मात्रै पूर्ण विवरण आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपाने जानकारी दिए।
तर, स्थानीयले भने राति ठूलो आवाजमा बम विष्फोट भएको जनाएका छन्।‘राति सुतेका थियौँ ठूलो आवाजमा विष्फोट भएको आवाज आयो।’ एक स्थानीयले भने। डोटी र डडेल्धुरा कार्य क्षेत्र रहेको उक्त कार्यालय कारागार कार्यालयको एक सय मिटर मात्र टाढा रहेको छ। जिल्ला सदरमुकाम क्षेत्रमै बम विष्फोटपछि स्थानीय आतंकित भएका छन्।










