डडेल्धुरामा मह उत्पादनमा ६० प्रतिशतले कमी



सुदुरपश्चिम प्रदेशमा मह उतपादनका लागि नमुना जिल्लाका रुपमा रहेको डडेल्धुरामा यो वर्ष मह उत्पादनमा ६० प्रतिशतले कमी आएको छ । मह काड्ने समयमा हिउँदे झरीका साथै मौरीमा रोग लागेपछि जिल्लामा मह उत्पादनमा ६० प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ ।

विषेश गरी पौष महिनामा मह काँड्ने समयमा निरन्तर रुपमा भएको हिउँदे झरीका साथै मौरीमा रोग लागेपछि यो वर्ष मह उत्पादनमा कमी भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलवहादुर विष्टले वताउँनु भयो ।‘‘वर्षा भएका कारण मौरी चरनका लागि वाहिर जान सकेन भने मौरीमा एक किसिमको रोग देखा पर्यो ,जस्का कारण यो वर्ष मह उत्पादनमा कमी आया,े” वरिष्ठ कृषि विकास अधिकृत विष्टले भने , ‘‘ गत वर्षको भन्दा यो वर्ष ६० प्रतिशत मह उत्पादनमा कमी आएको छ । ”

वर्षाका कारण अत्याधिक चिसो भएपछि मौरी घारमै वस्दा जम्मा गरेको मह खाने गर्दछ । यो वर्ष डडेल्धुरामा करिव २० मेट्रीक टन मह उतपादन भएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । मह उत्पादनमा कमी आएपछि जिल्लाकै मह उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको आलिताल गाउँपालिकाका मौरी पालन किसान चिन्तीत वनेका छन् ।

मह विक्रि गरेर नै घर खर्च देखी छोरा छोरीको पढाई खर्च गर्ने गरेको भएपनि यो वर्ष मह उत्पादन कम भएपछि अव कसरी संचालन गर्ने भन्ने पिरले सताएको आलितालका गाउँपालिकाका मनीराम गिरिले वताउँनु भयो । यो वर्ष एक घार वाट आधा किलो मह समेत नभएकाले आलिताल गाउँपालिकाका मौरी पालन किसान मार्कामा परेको समेत गिरिले वताउँनु भयो ।
रोगका कारण मौरी मर्दा लाखौ मुल्य वरावरको क्षती भएको छ । आलिताल गाउँपालिकाका अधिकांस स्थानमा चिउरीका वोट भएकाले मौरीको चरनका लागि सहज भएको छ । जस्का कारण आलिताल गाउँपालिकाका लाई मह उत्पादनका लागि पकेट क्षेत्र समेत घोषणा गरीएको छ ।

मह उत्पादन कम भएपछि यो वर्ष महको मुल्यमा वृद्धि भएको छ । डडेल्धुराका वजारमा यो वर्ष करिव ९ सय प्रतिकिलोमा मह विक्रि भईरहेको छ भने गत वर्ष ६ सय ५० रुपैयाँमा विक्रि भएको थियो । महको मुल्यमा वृद्धि भएपछि माँग समेत घटेको छ ।

मुल्य वृद्धि भएकै कारण ग्राहकहरुले कम किन्न छोडेपछि उत्पादन भएको मह पनि विक्रि गर्नका लागि मौरी पालन किसानलाई समस्या भएको छ । डडेल्धुरामा करिव १२ हजार मौरी घारमा मौरीपालन हुँदै आएको कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्यांकमा उल्लेख गरिएको छ । डडेल्धुरामा मौरी पालन गर्ने किसानको संख्यामा वृद्धि भईरहेको छ ।

प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार  ९ : २८ बजे