वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन



वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ।इलाम जिल्लाको फिक्कलमा जन्मिएका शर्माको ७२ वर्षको उमेरमा बुधवार निधन भएको हो ।

इन्फेक्सनको समस्या भएपछि उनलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

मनमोहन अस्पतालमा उपचार क्रममा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम उनैले सुरू गरेका थिए। शर्माको जन्म इलाम जिल्लाको फिक्कलमा भएको थियो।

प्रकाशित मिति : माघ २२, २०७६ बुधबार  ७ : ३५ बजे