चितवनमा डोजर सहित ढुवानी साधन नियन्त्रणमा



प्रहरीले चितवनमा जथाभावी नदीजन्य सामग्री उत्खननमा प्रयोग भएका डोजरसहित टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको सिमानामा बग्ने खगेरी खोलाबाट ३ वटा डोजर, १० वटा टिपर र १० ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सबै सवारी साधानलाई जिल्ला प्रहरी प्रहरी कार्यालय चितवन परिसरमा राखिएको छ ।

तोकिएको परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानी भएको सूचनाका आधारमा उक्त सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : माघ २५, २०७६ शनिबार  १२ : २५ बजे