ललितपुरको सानेपाबाट १४ जुवाडे पक्राउ



लतिलपुरको सानेपाबाट १४ जुवाडे पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–२ सानेपास्थित बिष्णु बहादुर तण्डुकारको टहरामा जुवातास खेलिरहेको अवस्थामा रौतहट घर भएका ४० वर्षीय मनोज साह रौनियार सहित १४ जना पक्राउ परेका हुन ।

उनीहरुको साथबाट १ लाख २६ हजार ७ सय ७ रुपैयाँ र ६ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो

प्रकाशित मिति : माघ २६, २०७६ आइतबार  ९ : १७ बजे