तपस्वी रामबहादुर बम्जनको खोजिमा जुट्यो प्रहरी



यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेकोलगायतका विभिन्न आरोपहरू लागेका रामबहादुर बमजनलाई खोज्न नेपालका ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराइ सकिएको अधिकारीहरूले बताएका छन्।

सर्लाही जिल्ला अदालतले उनीविरुद्ध परेका अभियोगबारे अनुसन्धान अघि बढाउन बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीको टोली शुक्रवार उनको सिन्धुलीस्थित आश्रममा पुगेको थियो।

त्यहाँ बमजन फेला नपरेपछि उनका शिष्यलाई प्रहरीले सोधपूछ गरेको उनका अनुयायीहरूले बताएका थिए।सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार बमजन अझै आश्रम वरपरका वनमा रहेको आशङ्कामा प्रहरीले त्यस क्षेत्रमा उनको खोजी जारी राखेको छ।

बाराको रतनपुरी गाउँनजिकैको वनबाट तपस्या सुरु गरेका बमजनले पछिल्लो दशकमा सिन्धुपाल्चोक, लमजुङ र सर्लाहीमा समेत आश्रम बनाएको प्रहरीको भनाइ छ

प्रकाशित मिति : माघ २६, २०७६ आइतबार  १० : १३ बजे