मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज तराईमा भने मौसम सफा रहेको छ । दिउँसो पश्चिमी पहाडी क्षेत्रमा पनि आंशिक बदली हुनेछ । निकै कमजोर पश्चिमी न्यूनचापीय प्रणाली भएकाले वर्षा भने गराउने छैन ।
तेस्तै मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ भने राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
माघ २९ गते बुधबार पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।








