आगामी तीन दिन मौसम सफा रहने



बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मध्य, पूर्व र पश्चिममा आंशिक बादल लाग्ने पूर्वामनुमान गरिएको छ ।

बिहान काठमाडौं उपत्यका लगायत पूर्वी, मध्य र तराईका स्थानमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोले चिसो अनुभव भए पनि बिहान काठमाडौं उपत्यकाको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।

फागुन २ गते शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

तेस्तै फागुन ३ गते शनिबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 

प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहिबार  ४ : २२ बजे