नेपाली सेनाद्धारा धार्मीक क्षेत्रको सरसफाई



नेपाली सेनाले डडेलधुरा सदरमुकाममा रहेका धार्मीक एवं ऐतिहासिक क्षेत्रको सरसफाई गर्ने अभियान संचालन गरेको छ ।

सेना दिवशको अवसर पारेर डडेलधुरा अमरगढी नगरपालीका दह व्यारेकमा रहेको रणवम गणले जिल्ला सदरमुकाममा रहेका अमरगढी किल्ला सहित धार्मीक क्षेत्र उग्रतारा मन्दीर,सहश्रलिंग मन्दीर ,घटाल थान लगायतका धार्मीक क्षेत्रमा सरसफाई गर्ने अभियान संचालन गरेको रण वम गण दहव्यारेक डडेल्धुराका प्रमुख सेनानी विक्रम देव गिरिले वताउँनु भयो ।

सेना दिवशको अवसर पारेर सरसफाई अभियान संचालन गरिएको भएपनि यो अभियानले नेपाल सरकारले संचालन गरेको पर्यटन वर्ष लाई पनि सहयोग पुग्ने सेनाले वताएको छ । अमरगढी किल्ला लगायतका ऐतिहासिक पर्यटकीय क्षेत्र र धार्मीक क्षेत्रमा सेनाले सरसफाई गरेको छ ।

जिल्लाको सदरमुकाममै अमरगढी किल्ला रहेको भएपनि सरोकारवाला निकायले नियमित रुपमा सरसफाई नगर्दा किल्ला दुर्घन्धीत वन्नुका साथै पर्खालमा झारपात उम्रीएका थिए । अमरगढी किल्लामा फोहर हुँदा घुम्न आउने पर्यटकलाई सास्ती हुने गरेको थियो ।

प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार  १ : ०३ बजे