आमा लिएर हलमा गए निःशुल्क फिल्म हेर्न पाइने



भोली शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म आमाको निर्माण युनिटले प्रदर्शनको अघिल्लो दिन नयाँ घोषणा सार्वजनिक गरेको छ । घोषणा अनुसार काठमाडांैका केही चलचित्र घरमा आफ्नो आमासँग फिल्म ‘आमा’ हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ ।

निर्माण युनिटले काठमाडांैको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा १ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाउने पाइने घोषणा गरेको हो ।

एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं’ निर्देशक दीपेन्द्र के खनाल भने ‘हलहरुमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो योजना लागु हुनेछ ।’

दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहीबार  २ : ४५ बजे