काठमाडौं । पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर सामान्य बदली भइ पश्चिमी भागका केही स्थानमा हल्का वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
रातमा भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।
शनिबार देशभर आँशिकदेखि सामान्य बदली भइ मध्य तथा पूर्वीभागका केही स्थान र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।










