भ्रमण बर्ष २०२० सफल पार्न चौथो डडेल्धुरा महोत्सव सुरु



नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सवको आयोजना गरिएको छ । ‘सुखी नेपाली समृद्ध नेपाल कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ बिहिबार महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि पठान सिंह बोहराले गरे ।

फागुन १८ गते सम्म संचालन हुने महोत्सवको आयोजना डडेल्धुरा उद्योग वाणिज्य संघले गरेको हो । भ्रमण वर्ष लाई सफल पार्न यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको एदोग वाणिज्य संघ डडेल्धुराले जनायो । साँघुरो रहेको डडेल्धुरा बागबजार क्षेत्रको सडक चौडा पार्न, सभा हल निर्माणका लागी आवश्यक पहल थाल्ने मन्त्रि बोहराले प्रतिबद्धता जनाए । उद्योग वाणिज्य संघ, स्थानिय सरकार र प्रदेश सरकारको आवश्यक छलफल समन्वयमा प्रदेश सरकारले भौतिक पुर्वाधार निर्माणका कार्य अघि बढाउन प्रतिबद्ध रहेको उनले बताए ।

अतिथीहरु लाई स्वागत गर्दै उद्योग वाणिज्य संघ अध्यक्ष लोकराज भट्टले महोत्सवमा टिकट बिक्रि बाट हुने आम्दानीको कम्तिमा पनि १० प्रतिशत रकम डडेल्धुरामा एयरपोर्ट निर्माण र डडेल्धुरा बहुमुखि क्याम्पसमा प्राबिधिक शिक्षा अध्यापन गराउन पहल गर्न छुट्याउने बताएका थिए । उनले सडक चौडा पार्न आवश्यक रहेको र एउटा सभाहल समेत नभएकाले पहल गर्न मन्त्रि बोहरा लाई आग्रह गरेका थिए । २०६५ सालमा पहिलो पटक महोत्सवको आयोजना गरेको डडेल्धुुरा उद्योग वाणिज्य संघले यस बर्ष नेपाल भ्रमण बर्षलाई टेवा पु¥याउने र विकासका सम्भावना पहिचान गर्ने उद्देश्य सहित महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष लोकराज भट्टले बताए ।

मध्यान्ह जिल्ला सदरमुकाम बागबजार देखि बाजागाजा, स्थानिय भेषभुषा, प्रख्यात बडालको चौलो सहित ¥यालीको आयोजना गरी महोत्सव स्थल टुडिखेलमा महोत्सवको औपचारिक रुपमा उद्घाटन गरिएको थियो । महोत्सवमा शुक्रबार देखि स्थानिय एवं राष्ट्रिय कलाकारहरुका सांस्कृतिक प्रश्तुती रहनुका साथै बिद्यालय स्तरिय सांस्कृतिक प्रतियोगिता, स्थानिय भेषभुषा, कला, संकृती, साभावित पर्यटकिय क्षेत्रहरुको फोटो प्रदशर्नी, स्थानिय खानाका परिकार गतानी डुप्का, माणा, मकै, कोदोको रोटी लगायत विभिन्न मौलिक खानाका परिकार बनाई खुवाईने छन ।

मेलामा विभिन्न महोरञ्जनात्मक खेल, झुला, चर्का, माउतका कुवा, बालउड्ययन आदी पनि रहेका छन

प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार  ८ : २९ बजे