कोरियामा रहेका नेपालीको सुरक्षा सतर्कताका लागि शभापती देउबाको अपिल



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति कोरियाका अध्यक्षलाई एक पत्र पठाई कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरको सङ्क्रमणबाट सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली सङ्घसंस्थालाई आपसी आवश्यक समन्वय गर्न अपिल गरेका छन्।

उनले आज नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई एक पत्र पठाई सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका साथ आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकताबद्ध ढङ्गले समन्वय गर्न अपिल गरेका हुन् ।

केही दिनयता दक्षिण कोरियासमेतमा कोरोना भाइरसबाट सयौँ सङ्क्रमित भएका र केहिको मृत्युसमेत भइसकेको विवरण सञ्चारमाध्यममार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीको सुरक्षा संवेदनशीलताप्रति आफ्नो चासो बढेको उनले उल्लेख गरेका छन् ।

 

 

 

प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार  २ : १८ बजे