आज पनि देशका केही स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।
मङ्गलबार र सोमबार पानी पारेको पश्चिमी वायु कमजोर गएको र भोलि बिहीबारबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार, आज अन्य क्षेत्रमा मौसममा सुधार आएपनि पूर्व र मध्य क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
अहिले बदली भएको काठमाडौँको मौसम दिउँसो घाम लागे पनि बेलुकीतिर फेरि बदली भइ पानी पर्ने महाशाखाले जनाएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन १४ गते ९बुधबार०
दिउँसोः देशको पूर्वी भू(भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पश्चिमी भू(भागमा आंशिक देखी सामान्य बदली रहनेछ। देशको पूर्वी भू(भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू(भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको मध्य भू(भागमा सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक(दुई स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
फागुन १५ गते ९बिहिबार०
दिउँसोः देशको पश्चिमी भू(भागमा सामान्य बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन १६ गते ९शुक्रबार०
दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशको पश्चिमी भू(भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पूर्वी भू(भागमा आंशिक बदली रहनेछ








