भारतमा मोदी सरकारले गरेको नागरिकता संशोधन कानुनको समर्थन गर्ने र विरोध गर्ने समूह बीच दिल्लीमा भड्किएको हिंसामा परी मर्नेको संख्या ३२ पुगेको छ ।
स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीको उद्धृत गर्दै अहिलेसम्म हिंसाका कारण मर्नेको कुल संख्या ३२ पुगेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।दिल्लीको गुरु तेग बहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जनाको र लोक नायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल) मा दुई घाइतेको मृत्यु भएको बीबीसीले जनाएको छ ।
विगत चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसामा सयौंको संख्यामा मानिसहरु घाइते भएका छन् ।सरकारले जारी गरेको पछिल्लो नागरिकता कानुन अको बिरोधमा अहिले भारतको दिल्ली आसपास हिम्सात्मक बिरोध प्रदर्शन चलिरहेको छ ।
यसै बिच नागरिकता संशोधन कानूनको खिलाफमा दिल्लीमा हिंसा भड़कीएपछी भारतको उत्तर प्रदेश सरकारले पनि उच्च सतर्कता अपनाएको छ । हिजो मात्रै उत्तर प्रदेशमा भएको हिंसक प्रदर्शन र तोड़फोड़ पछी त्यहा सतर्कता अपनाइएको हो ।
उत्तर प्रदेशका संवेदनशील शहरहरुमा र दिल्ली राज्यसगा सीमा जोडिएका ठाउहरुलाई उत्तर प्रदेश सरकारले बिशेश निगरानीमा राखिएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
भारत सरकारले गरेको नागरिकता कानुनको संशोधनपछी अहिले भारतभर हिंसात्मक बिरोध प्रदर्शनहरु भइरहेका छन ।
भारतको मुस्लिम समुदाय र उक्त समुदायका अगुवाहरुले प्रधानमन्त्रीले हिन्दूबाद लाद्न खोजेको आरोप लगाएका छन ।










