नायक अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ ।
नेपाली चलचित्र ‘धुपौरे’ खेल्न भन्दै उनले पारिश्रमिक लिएर पनि नखेलेपछि उनीविरुद्ध उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी उनले ५ लाख एडभान्स लिएका थिए ।
फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएका हुन् ।
अभिनेता भुवन केसीका छोरा समेत रहेका केसीसँग श्रेष्ठ र खड्गीले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेका थिए ।










