काठ्मान्डौको लाजिम्पाटबाट ९८ तोला सुन र ४ सय ३४ तोला चाँदीका गहना चोरि,चोरीमा संलग्नहरुको खोजी हुँदै



काठमाडौंको लाजिम्पाटमा ठुलो परिमाणमा सुन चादिका गर गहना चोरि भएको छ ।

लाजिम्पाट स्थित  पबी ज्वलेर्सबाट गए राति  ८५ लाख ७३ हजार बराबरको  गहना चोरी भएको हो । । पबी ज्वलेर्स काठमाडौं महानगरपालिका–५ हाँडीगाँउ बस्ने दिलिपकुमार श्रेष्ठको रहेको खुलेको छ ।

प्रहरीका अनुसार श्रेष्ठको ज्वेलर्सबाट सुनका विभिन्न गहना ९८ .६८१ तोला र चाँदीका विभिन्न गहना ४ सय ३४ .२६२ तोला र नगद २ लाख ४५ हजार रुपैयाँ चोरी भएको र चोरी गरिएको गहनाको मूल्य ८५ लाख ७३ हजार ४ सय ६५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्नहरुको खोजीमा प्रहरी परिचालन गरी खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार  ७ : १२ बजे