प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागी अस्पताल भर्ना



प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

आगामी बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुने भएपछि प्रधानमन्त्री ओली सोमबार महाराजगञ्जस्थित मनमोहन कोर्डियो तथा भास्कुलर सेन्टरमा भर्ना भएका हुन्।

बुधबार उनलाई आफ्नी भान्जी नाता पर्ने समीक्षाले मिर्गौला दान गर्नेछिन् । उनी पनि सोमबार नै अस्पतालमा भर्ना भएकी छन् ।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले भावुक भिडियो सन्देश जारी गरेका थिए।

भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले मिर्गाैला प्रत्यारोपणपछि केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कने विश्वास व्यक्त गरेका थिए ।

उनले भर्खर जागृत हँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर आफू अलप नहुने बताएका थिए ।

प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार  ३ : १९ बजे