कोरोना भाइरसका कारण यो वर्ष भिड जम्मा भएर होली खेल्न नपाइने



बिश्वभरी फैलिदै गएको कोरोना भाइरसका कारण नेपालामाअ मनाइने होली अर्थात फागु पुर्णिमा यस बर्ष प्रभावित हुने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले पनि होली नखेल्न आग्रह गर्दै भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएका छन ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं ले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको छ ।साथै, काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने भएको छ जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर यो निर्णय गरेको हो ।काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होलीलगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई अनुरोध गर्ने निर्णय भएको बताए

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

 

प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार  ३ : १८ बजे