टेकुको अस्पतालबाट भागेका बिरामी विराटनगरमा भेटिए



काठमाडौँ । कोराना संक्रमणको आशंकामा अस्पतालबाट भागेका विरामीको मोबाइल ट्र‍्याकिङ गर्दा विराटनगरमा फेला परेको छ । बुधवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीलाई सम्पर्क गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह गरिएको हो ।

अस्पतालका निर्देशक डा.सागर राजभण्डारीका अनुसार ती बिरामीलाई प्रतिष्ठानको आइसोलेसन वार्ड राख्‍ने व्यवस्था मिलाइएको छ। यस्तै, अब उपरान्त आइसोलेसन वार्डमा नेपाल प्रहरीका साथै मनोवैज्ञानिक परामर्शदातालाई पनि खटाइने भएको छ।

ती बिरामीकोरियाबाट आएरबुधबार अस्पताल भर्ना भएका थिए।

मंगलबार मात्र अस्पतालमा कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।

प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहिबार  १० : ५६ बजे