बिग मूभिजलाई वाणिज्य विभागको कार्वाही



बिग मूभिज मल्टिप्लेक्स वाणिज्य विभागको कार्बाहिमा परेको छ ।

बुधबार दिउँसो कमलपोखरस्थित हलमा अनुगमनका लागी पुगेको विभागको टोलीले बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेको आरोपमा बिग मूभिज मल्टिप्लेक्सलाई कारवाही गरेको हो ।

अनुगमनका क्रममा ७० रुपैयाँ पर्ने कोकलाई सयभन्दा बढी मूल्यमा बेचेको पाइएको थियो ।

सोहि कसुरमा बिग मूभिजलाई २ लाख ५० हजार जरिवाना गरिएको छ । ठगीको आरोपमा यो मूभिजलाई कारवाही भएको चौंथो पटक हो ।

फिल्म हलको पेय र खानाको गुणस्तरमा उपभोक्ताले गुनासो गर्ने गरेकोमा उपभोक्ताको उजुरी अनुसार अनुगमन र कारवाही गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार  २ : २६ बजे