करीब साढे ९ करोड कोरोना संक्रमितको उपचारका लागी लागि अमेरिकाका अस्पतालहरुले तयारी गरिरहेको एक आँकलन गरेको सार्वजनिक भएको छ।
त्यती ठुलो सङ्ख्याका मानिस हरु सङ्क्रमित हुन सक्ने आकलनका साथ त्याहाका अस्पतालहरुले तयारी गरिरहेको सुचना चुहिएको भन्दै बेलायती सञ्चार संस्था डेली मेलले समाचार प्रकासित गरेको छ ।
समाचारमा जनाइए अनुसार अनुसार करीब ४८ लाख अमेरिकीको कोरोना संक्रमणबाट मृत्यु हुनुका साथै ९ करोड ६ लाख मानिस संक्रमित हुने आँकलन गरिएको छ।
यूनिभर्सिटी अफ नेब्रस्का मेडिकल सेन्टरका प्रोफेसर डा जेम्स लयेरले प्रस्तुत गरेको एक आँकलनमा यस्तो अनुमान गरिएको पाइएको हो।
अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ भने ३ सय जना संक्रमित भएको पुष्टि भएको छ।
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन त्याहाका बिभिन्न राज्यहरुले सङ्कटकाल घोषणा गरेका छन ।










