नवलपरासीको मध्यविन्दु नगरपालिका-२ कोल्हुवामा प्रहरीले प्रहरीमाथि छुरा हान्न खोज्ने दुई जनालाई गोली चलाएर पक्राउ गरेको छ।
शनिबार राति पौने ११ बजे मापसे चेकिङ गरिरहेका प्रहरीमाथि छुरा हान्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको नवलपरासीका एसपी दीपक रेग्मीले जानकारी दिए।रोक्न खोज्दा नमानेपछि गोली प्रहार गर्नुपरेको उनले जानकारी दिए।
‘कोल्हुवा क्षेत्रमा एउटै मोटरसाइकलमा तीन जना व्यक्ति मापसे गरेर आएका थिए, ढुङ्गा टिपेर हान्ने खोजे,’ एसपी रेग्मीले भने,’चालकसँग छुरा रहेछ, छुराले हान्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाइएको हो।’
मुन्ना महतो र सुरज महतोलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए।
गोलीले प्रेम महतोको खुट्टामा चोट लागेको छ भने उनको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।








