कांग्रेस नेता एबम पूर्वमन्त्री शेर्माको निधन



नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री पूर्णकुमार शेर्माको ७७ वर्षको उमेरमा आज निधन भएको छ।

उनको उपचारका क्रममा बुधबार बिहान निदान अस्पतालमा निधन भएको हो।

लामो समयदेखि मिर्गौलाको रोगी उनी डायलासिस गर्दै आएका थिए।

उनी कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व स्थानीय विकास मन्त्री एवं पाँचथरका पूर्व जिल्ला सभापति थिए।

२००० साल असोज १२ गते पाँचथरको मिल्लाजुङ गाउँपालिका(२ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए।

शेर्मा नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए।

२०५७ सालमा भएको १० औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनले शेर्मालाई सभापतिमा चयन गरेको थियो।

कांग्रेसको १० औँ र ११ औँ महाधिबेशनबाट शेर्मा दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

उनका दुई छोरा र पाँच छोरी छन्।

प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार  १ : ३१ बजे