काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला अमेरिकामा भने बढ्दै गइरहेको छ ।
अमेरिकामा कोरोना भाइरस कारण ज्यान गुमाउने र नयाँ संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार बिहीबार मात्रै अमेरिकामा तीन जनाको मृत्यु भएको छ भने ४१५ जना नयाँ संक्रमित थपिएका छन् ।
चीनमा भने बिहीबार थप एक जनाको मृत्यु भएको र ४ जना मात्रै नयाँ संक्रमित भेटिएको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।
चीनले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भइसकेको घोषणासमेत गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट बिहीबार चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो ।

अमेरिकामा बिहीबार थप तीन जनाको मृत्यु भए सँगै कोरना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । कोरोना भाइरसका कारण अमेरिकामा सोमबार पाँच, मंगलबार चार, र बुधबार ८ जनाको मृत्यु भएको थियो ।
वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार परिसक्दासम्म अमेरिकामा एक हजार ७१६ जनामा कोरोनाको संक्रमण देखिएको छ । ९ जना जटिल अवस्थामा छन् भने २५ जना पूर्ण रुपमा निको भइसकेका छन् ।
विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख ३४ हजार नाघिसकेको छ । यस रोगबाट हालसम्म ४ हजारभन्दा ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
वल्र्डओमेटर्सडटइन्फो अनुसार ६८ हजार ९ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ५ हजार ९ यसभन्दा बढी जटिल अवस्थामा छन् ।
गत डिसेम्बरको अन्तिमतिर चीनको उहानबाट फैलिएको यो भाइरस अहिले १ सय २० भन्दा बढि मुलुकमा फैलिएको छ ।










