कोरोना भाइरस सङ्क्रमणको प्रकोपसँग जुधिरहेको भन्दै इरानका विदेश मन्त्रीले अमेरिकाद्वारा एकतर्फीरूपमा लगाइएका प्रतिबन्ध हटाउन आग्रह गरेका छन ।
विदेशमन्त्री जावेद जरिफले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलाई पत्राचार गरी अमेरिकाद्वारा एकतर्फीरूपमा घोषणा गरिएको प्रतिवन्ध हटाएर इरानलाई कोरोनाविरूद्धको लडाईंमा सहयोग गर्न आग्रह गरेको बिभिन्न अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
पत्रको छायाँप्रतिलाई सबै अन्तर्राष्ट्रिय संघसंस्थाहरूका प्रमुख र विश्वका प्रमुख मुलुकका विदेश मन्त्रीहरूलाई पठाइएको छ भने पत्रमा जरीफले अमेरिकाले इरानमाथि लगाएको ‘गैरकानुनी’ तथा एकतर्फी प्रतिवन्ध हटाउन भनिएको छ । प्रतिबन्धका कारण भाइरसविरूद्धको लडाईंमा समस्या भएको पत्रमा उल्लेख गरिएको बताइएको छ ।
इस्लामिक गणतन्त्र इरानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको र अहिलेसम्म ४२९ जनाको यसै समस्याका कारण मृत्यु भएको बिहीबार जनाएको छ ।










