भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कोरोना भाइरस बिरुद्ध सार्क राष्ट्रहरुको साझा रणनीति बनाउने र सार्क सदस्यहरुबीच सहकार्य गर्ने प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलिले स्वागत गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलिले ‘म प्रधानमन्त्री नरेन्द्र मोदीजीले अगाडि सारेको प्रस्तावको स्वागत गर्दछु। सार्क राष्ट्रहरुसँग डरलाग्दो रोग बिरुद्ध लड्न मेरो सरकार तयार रहेको छ।‘ भनेका छन ।
I welcome the idea advanced by Prime Minister Modiji @narendramodi for chalking out a strong strategy by the leadership of the SAARC nations to fight Coronavirus. My government is ready to work closely with SAARC Member States to protect our citizens from this deadly disease.
— PMO Nepal (@PM_nepal_) March 13, 2020
भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत कोरोना भाइरस बिरुद्ध सार्क राष्ट्रहरुको साझा रणनीति बनाउने र सार्क सदस्यहरुबीच सहकार्य गर्ने प्रस्ताव गरेका थिए ।
थप समाचार-
कोरोना भाइरसबारे सार्क नेताबीच भिडिओ कन्फरेन्स हुनुपर्छ : मोदी










