काठमान्डौको कपन र सतुंगलबाट ३ लाख भन्दा बढी मास्क बरामद



राजधानीको कपन र सतुंगलबाट प्रहरीले ३ लाखबढी सर्जिकल मास्क बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सो छापा मारेर सो परिमाणको मास्क बरामद गरेको हो ।

यस्तै सतुंगलबाट  डेढ लाख भन्दा बढी मास्क बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख मास्क बरामद गरेको  बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार  १२ : ५८ बजे