सतुंगलबाट ६ लाख थान मास्क बरामद



काठमाडौं । राजधानीको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदामबाट ६ लाख थान सर्जिकल मास्क बरामद हो ।

प्रहरीले यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।

शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

प्रकाशित मिति : चैत्र ३, २०७६ सोमबार  ४ : ५७ बजे