लोक सेवा आयोगले लिने सम्पूर्ण लिखित परीक्षा स्थगित भएको आयोगले जनाएको छ ।
चैत ८ गतेदेखि चैत मसान्तसम्मका निजामती सेवा, सुरक्षा निकाय तथा संगठित संस्थाका पूर्व निर्धारित सबै परीक्षा हालालाइ स्थगित गरिएको आयोगले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको त्रासका कारण आयोगले लिने भनि पूर्व निर्धारित सबै लिखित परीक्षा स्थगित भएका हुन् ।
सरकारले यस अघीनै एसईई परिक्षा समेत स्थगित गरिसकेको छ भने त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासलाई ध्यानमा राख्दै सम्पूर्ण पठनपाठन बन्द गर्नुका साथै हाललाई परीक्षा स्थगन गर्ने निर्णय गरिसकेको छ ।









