मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १७५ : स्कुल र रेलसेवा धमाधम बन्द हुँदै, कर्मचारिलाई घरबाटै काम गर्न आदेश



छिमेकी भारतमा कोरोना भाइरसको सङ्क्रमण तिब्र गतिमा फैलिन थालेको छ ।

भारतमा पछिल्लो समय संक्रमितको संख्या बढेर १७५ पुगेको छ ।

भारतको उत्तर प्रदेशमा आज तीनजना कोरोना भाइरस सङ्क्रमिट भेटिएका छन भने छत्तीसगढ़ र चंडीगढ़मा नयाँ बिरामिहरु भेटिएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

तेस्तै लखनउमा थप दुइ जना सङ्क्रमित भेटिएका छन भने छत्तीसगढ़ राज्यमा पनि कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

अन्यत्र पनि कोरोनाका नयाँ सङ्क्रमितहरु भेटीन थालेको समाचारमा जनाइएको छ ।

पछिल्ला  पाच दिनमा भारतमा कोरोना भाइरसको सङ्क्रमण दुइ गुणा बढेको समेत भारतिय सञ्चारमाध्यम हरुले जनाएका छन । यही रफ्तारमा सङ्क्रमितको सङ्ख्या बढ्दै गए आगामी केहि दिनमै यूरोपेली देशहरुकै अवस्था आइपर्ने समाचारमा जनाइएको छ ।

भारतमा कोरोनाको बढ्दोदर दर्शाउने तालिका

सङ्क्रमण बढे सगै नागरिकमा त्रासको वातावरण बढ्दै गएपछी प्रधानमन्त्री नरेंद्र मोदीले आज राती बजे देशवासिका नाममा संबोधन गर्ने भएका छन ।

यसैबिच भारतिय रेल सेवाले आफ्ना १६८रेलहरु बन्द गरेको छ ।

शुक्रवारबाट महाराष्ट्रको पश्चिममा सञ्चालन हुने रेलसेवा पनि रद्द गरिने समाचारमा जनाइएको छ ।

भारतमा दिल्ली, मुंबई र गुजरात समेत अन्य कयौ राझारुमा सार्वजनिक स्थलहरु बन्द गरिएको छ ।

अहमदाबादमा रहेको गांधी आश्रममा समेत मानिसहरुकोको प्रबेश बन्द गरिएको छ ।

कोरोनाको बढ्दो खतराको आकलन गर्दै दिल्ली सरकारले ३१ मार्च सम्मका लागी सबै बिधालयहरु बन्द गर्न भनेको छ ।

भारतको केन्द्र सरकारले ५० प्रतिशत सम्म कर्मचारीहरुलाई आफ्नो घरमै बसेर काम गर्न सक्ने ब्यबस्था गरेको छ ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोना सङ्क्रमणसग कसरी लड्ने भन्ने बिषयमा प्रधानमन्त्री नरेंद्र मोदीसग कुराकानी गरेका छन ।

उनले स्थिती चिन्ताजनक हुँदै गएको बताएका छन ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १० : ५६ बजे