चीनको सरकारी समाचार संस्था सिन्ह्वामा मानवरूपी रोबोटले समाचार वाचन गर्ने



काठमाडौं । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक गरेको छ ।

बेइजिङमा बिहीबारदेखि शुरु भएको सातौँ विश्व मिडिया शिखर सम्मेलनका अवसरमा सिन्ह्वाले उक्त रोबोट समाचारवाचक सार्वजनिक गरेको हो ।

मानवजस्तै देखिने र समाचारवाचन गर्न सक्ने यी रोबोटलाई सञ्चार क्षेत्रमा प्रविधिको नयाँ प्रयोगका रूपमा हेरिएको छ ।

सातौँ विश्व मिडिया शिखर सम्मेलनमा विश्वभरका सञ्चारमाध्यमका प्रतिनिधि तथा सञ्चार क्षेत्रका सरोकारवालाहरू सहभागी भइरहेका छन् ।

प्रकाशित मिति : कार्तिक २०, २०८३ शुक्रबार  १० : ५२ बजे